टीकापुर, १७ फागुन । इलाका प्रहरी कार्यालय टीकापुरद्वारा जवर्जस्ती करणी मुद्दामा फरार रहेका सशस्त्र प्रहरीका एक जवानलाई बुधवार राति पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका वडा नं.–५ बसन्ताका २४ वर्षीय कमलबहादुर थारूलाई बुधवार राति करिव ८ वजे उनकै घरबाट पक्राउ गरिएको हो ।अभियक्त थारू सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर हेडक्वाटर कैलालीमा सशस्त्र प्रहरी जवानमा कार्यरत हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी उद्धवसिंह भाट अनुसार थारूलाई बर्दिया जिल्ला अदालतको पक्राउ अनुमति र इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाको अनुरोधसँगै खोजतलासका क्रममा पक्राउ गरिएको हो ।
यतिखेर अभियुक्त थारूलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।



















Discussion about this post