शुभारम्भ अनलाइन टि.भी.

शितल सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारणसभा सम्पन्न

6
SHARES
42
VIEWS

टीकापुर १२ फागुन ।  टीकापुर नगरपालिका वडा नम्बर २ मा रहेको शितल सामुदायिक वन उपभोक्ता समूहको १३ औं वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएकाे छ ।

उक्त कार्यक्र समूहका अध्यक्ष सिद्ध  ठकुल्लाकाे सभापतित्वमा शुक्रबार सम्पन्न भएको हाे । उक्त साधारण सभाका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरी रहनु भएकाे थियाे भने बिशिस्ट अतिथि  सबडिभिजन वन कार्यालय टीकापुरका प्रतिनिधि हिरण्डे रावल  समाजसेवी श्याम खत्री समाजसेवी दीर्घराज तिरुवा समाजसेवी तथा बुद्धिजिबी तर्क बुढा समाजसेवी नेत्र रावल समाजसेवी सरोज थापा लगायतको सहभागिता रहेको थियो ।

साे साधारण सभाबाट नयाँ नेतृत्व चयन हुने छ । यस साधारण सभामा अध्यक्षको वार्षिक प्रतिवेदन अनुमानित आगामी वर्षका लागि  आर्थिक आय ब्याय तथा वार्षिक लेखा परीक्षण रिपोर्ट समेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित