टीकापुर ०९ फागुन । शैक्षिक नगरी टीकापुरको शैक्षिक धरोहर बिरेन्द्र बिद्यामन्दिर सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सन्चालित बिरेन्द्र बिद्यामन्दिर माध्यमिक बिद्यालय टीकापुरको ४८ औं वार्षिक उत्सब तथा अभिभावक दिवस आज सम्पन्न भएकाे छ ।
उक्त वार्षिक उत्सब कार्यक्रममा बोल्दै यस कार्यक्रमका प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य लालबीर चाैधरीले हिजाेका दिनहरुमा ५ वटै गाउँका मानिसहरुलाई आफूले चुना सुर्ति कुट्ने जिम्मा लिएर भएपनि यस विद्यालयको उन्नतिमा आफू लागिरहेको बताउनुभएको छ ।
टीकापुरको सबैभन्दा जेष्ठ शैक्षिक संस्थाको बार्षिक उत्सव कार्यक्रमका सभापति समेत रहनु भएका बिरेन्द्र बिद्यामन्दिर सार्वजनिक शैक्षिक गुठीका प्रमुख नवराज रावलले भन्नुभयो कुनै पनि मानिस तथा यस गुठी संस्थाभित्र आएका कार्यसमितिका व्यक्तिहरु व्यक्तिगत स्वार्थमा लिप्त नभई समाजको सेवा गर्न आएको समेत बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहनु भएका लक्ष्मण किशोर चौधरीले यस विद्यालयसँग आफ्नो साइनो पुरानै रहेकाे समेत जिकिर गर्नुभयो । आफूले उच्च शिक्षा हासिल गरेको र खेल जगतमा पनि यस विद्यालयमा सबैभन्दा पहिलो उत्कृष्ट खेल प्रदर्शन आफ्नो भएको बताउनुभयाे । शैक्षिक नगरी टीकापुरको बिरेन्द्र बिद्यामन्दिरका हितका लागि आफू सधैभ सक्दो प्रयास गरी लागि रहने बताउनुभएको छ ।

त्यस्तै विशिष्ट अतिथिको आसनबाट बोल्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी संन्चालिका सीता तिमसिनाले आफू कुनै पनि तलब भत्ता खाने व्यक्ति नभएको भन्दै सेवा का लागी आफू निरन्तर लागि रहने बताउनुभयो । आफू तलब भत्ता नखाने भएका कारण तपाईहरु लाई जुनसुकै समयमा लागू अाैसत सम्बन्धित दुर्बेसनी मा फसेका विद्यार्थी भाइबहिनीहरु का लागि आध्यात्मिक ज्ञान बाँड्न लागि आइपुग्ने बताउनुभयो ।
उक्त कार्यक्रम लाइ सम्बोधन गर्दै समाजसेवी कमल के सी ठुला ठुला महल भित्र शिक्षाको गुणस्तर नहुने तर झुपडीमा भएपनि शिक्षाको गुणस्तर कायम रहने बताउनुभएको छ । शिक्षा लिनकालागि झुपडी नै शिक्षाको सिकाइको बाटो बन्न सक्ने मा जोड दिनु भयो ।
टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशर कुवँरले टीकापुरमा जतिसुकै शैक्षिक संस्थाहरु छन् ती सबै बिरेन्द्र बिद्यामन्दिरका उत्पादन भएको बताउनुभयो



















Discussion about this post