शुभारम्भ अनलाइन टि.भी.

मुख्यमन्त्री शाहले गरे पहिलाे निर्णय भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने

4
SHARES
32
VIEWS

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्।

बिहीवार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका शाहले शुक्रवार शपथसँगै पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले  निर्णय गरेका छन्।

मुख्यमन्त्री शाहका अनुसार ३० दिनभित्र समितिले प्रतिवेदन पेश गर्ने बताए। उनले भने, ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ। भ्रष्टाचारका कुराहरु आएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कार्य योजना तर्जुृमा गर्न समिति गठन गर्ने निर्णय गरेका छाैँ। ३० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ।

मुख्यमन्त्री शाहले काँग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री र एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका छन्। उनीहरुले पनि शुक्रवार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भने, ‘प्रदेश सभाबाट विश्वासको मत चाँडै लिन्छौ। विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गर्छाै।’ प्रदेश सरकारमा एमालेसहितका सबै दलहरुलाई सहभागी गराउन प्रयास गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित