टीकापुर ०५ पुस / टीकापुर नगरपालिका वडा नं. ६ स्थित नारायणपुर स्वास्थ्य चाैकिमा सि एम सि नेपाल र टीकापुर नगरपालिकाले मंगलबार सम्पन्न गरेकाे सामाजिक परीक्षण कार्यक्रममा बाेल्दै सि .एम .सि नेपालका प्रादेसिक संयाेजक हिमाल गैरेले मानसिक राेग राेगनभएर अबस्था भएकाे बताउनु भयाे ।

मानिस समय र प्रस्तिथि अनुरुप फरक फरक अबस्थाबाट उसकाे जिमेवारि अनुसारकाे मानसिक भारका कारण मानिसमा मानसिक असन्तुलन पैदा हुदै जाने हुनाले लागुअाैसध दुर्बेसनि , बैदेशिक राेजगारीमा गएका मानिसका आफन्त, घरेलु हिंसमा परेका महिला, युन साेषणमा परेका महिला ,अपाङग्ता भएका लगाएतका मानीस हरुमा याे अबस्था आउन सक्ने बताउनु भयाे ।

संयाेजक गैरेले मानसिक राेगकाे उपचार १९६१ मा काठमाण्डाैकाे विर अस्पतालकाे १० बेड बाट सुरु भएकाे र अहिले २०२२ सम्ममा ब्यापक रुपमा देशका बिभिन्न १३ वटा संघिय अस्पतालहरु बाट कम्तिमा १०/१० आेटा बेडकाे अनिबार्य ब्याबस्था गर्नु पर्ने रहेकाे र अहिले मानसिक राेग विश्वमा हरेक ८/८ जना मानिसहरु मध्यबाट १ जनामा याे राेग पाइने समेत बताउनु भयाे ।

सि एम सि नेपाल र टीकापुर नगरपालिकाले गरेकाे उक्त सामाजिक परीक्षण कार्यक्रममा सहभागि मानसिक राेग बाट पिडितहरुले सि. एम. सि नेपालले सन्चालन गरेकाे याे कार्यक्रमबाट आफु र आफ्ना परिवारले निकै राम्राे राहत महसुस गरेकाे बताएका छन ।



















Discussion about this post