टीकापुर मंसिर १९ सोमबार,
१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस २०७९ , महिला स्वास्थ्य स्वयमसेवक का संयोजक सुला रावल खत्री को अध्यक्षतामा टीकापुर नगरपालिका वडा नं ४ अस्नेहरिमा सुसम्पन्न भएको छ ।
उक्त कार्यक्रम का प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु ले उत्घाटन गर्नुभएको थियो भने, विशिष्ट अथिति टीकापुर नगरपालिका का उपप्रमुख खडक बहादुर शाह तथा अतिथि टीकापुर नगरपालिका वडा नं ३ का अध्यक्ष ऋषि वि.क. तथा वडा नं ४ का अध्यक्ष लालविर चौधरी लगाएतका व्यक्तिहरु हुनुहुन्थ्यो भने उक्त कार्यक्रम संचालन टीकापुर नगरपालिका स्वास्थ्य शाखाका सिनियर अयब अधिकृत कमल बहादुर रावल ले गर्नुभएको थियो।
उक्त कार्यक्रममा ” महिला सामुदायिक स्वास्थ्य स्वयमसेवक को प्रतिबद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो एकबद्धता ” भन्ने मुल नाराका साथ टीकापुर नगरपालिका का १ देखि ६ वडा सम्मका सम्पुर्ण महिला स्वास्थ्य स्वयमसेवकहरुको उपस्थित रहेको थियो। साथै उक्त कार्यक्रम को आयोजना टीकापुर नगरपालिका को कार्यालय जनस्वास्थ्य उपशाखा, टीकापुर, कैलालीले गरिएको थियो।
उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रामलाल डगौरा थारुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवस मा आफ्नो शुभकामना राख्दै भन्नु भयो कि तपाईहरुको महान कामको लागि धेरै धन्यवाद ब्यक्त गर्दछु तपाईहरुको काम धेरै अमुल्य छ ।
जुन ठाउँमा प्रतिनिधिहरु पुग्दैनन् तथा जुन काम स्वास्थ्यकर्मीहरुले गर्न सक्दैनन् र जहाँ स्वास्थ्यकर्मीहरु पुग्न सकिरहेका छैनन् त्यस ठाउँमा तपाईं स्वयंसेवकहरु पुग्नुहुन्छ , कडा मेहनतका साथमा काम गर्नुहुन्छ, त्यसकारण तपाईंहरूको कामप्रति हामी आभार व्यक्त गर्दछौ भनि बताएका छन्। र थप हौसला प्रदान गर्दै भन्नुभयो कि, हामी स्थानीय तह टीकापुर नगरपालिका बाट जे जति सहयोग गर्न सकिन्छ त्यो हामी तपाईंहरुलाई ससम्मानका शाथ आगमी दिनहरुमा आउने विभिन्न कार्यक्रमहरु मार्फत ससम्मान गर्ने प्रतिबद्धता गर्दछौ भनि बताउनुभयो ।
यो टीकापुर बनाउने काम तपाईंहरूको पनि हो र आफ्नो मनोबल बढाउनु होस र कामप्रति जिम्मेवारी रहनुहोस् हामी तपाईहरुलाई यस काम मा थप सहयोग पुराउनाको लागि टिकापुर नगरपालिकाको बैठकमा निर्णय चलाउनेछौ भन्दै दाबि समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रमबाट सम्मानित महिला स्वयमसेवीका चन्द्रावति शर्मा र देवश्वरी शाहि लाइ टिकापुर नगरपालिका का नगर प्रमुख र उपप्रमुखको हातबाट सम्मानस्वरुप रु असि हजार ( ८००००) को चेक हस्तान्तरण गरिएको थियो । भने, सम्मानस्वरुप उहाहरुको विदाइ पनि गरिएको थियो साथै, मेहनती सातजना महिला स्वयंसेवकहरुलाई सम्मानस्वरुप प्रमाण पत्र पुरस्कार हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रम को अन्त्यमा, बिदाई हुनुभएका दुइ महिला स्वयंसेवक ज्यूहरुले विगतमा आफूहरूले गरेका कामहरु तथा अनुभवहरु शुभारम्भ अनलाइन टेलिभिजनका पत्रकार सँग कुराकानी गर्दै बताउनुभयो हामीले धेरै मेहनत का साथ काम गर्यौ र हामीलाई कतिपयले नराम्रो दृष्टिकोणले हेरे भने कतिपयले हामीलाई राम्रो दृष्टिकोणले हेरे तर पनि हामी ति तिता मिठा कुराहरु सँगसँगै हामीले जिम्मेवारीलाई बहन गर्दै गयौं र आज हामी यस कामबाट अवकाश तथा विदाई भएतापनि यस कामप्रति लाग्नुभएका महिला दिदीबहिनीहरुलाई उहाँहरूको कामप्रति शुभकामना व्यक्त गर्दछौं भनि बताएका थिए ।
स्वयंसेवकको काम नै सेवा गर्ने हो यस शब्दमा नै यसको पूर्ण व्याख्या लुकेको छ स्वयंसेवक ले ग्रामीण क्षेत्रमा रहेका महिला दिदीबहिनीहरु ले आफ्नो बच्चालाई पेटमा रहेदेखि उसलाई हुर्काउन लाई बढाउनलाई र जन्मको अवस्थामा पूर्णरुपले सकुसल सँग जन्म गराउन र विभिन्न प्रकारका रोगहरु जस्तै कुपोषण, पोलियो र अस्पताल को पहुँचबाट टाढा रहेका महिला दिदीबहिनीहरुलाइ सल्लाह सुझाब देखि विभिन्न शिविरहरु संचालन गर्दै पोलियो थोपा जस्ता विभिन्न कार्यक्रमहरु स्वयंसेवक ज्यूहरु मार्फत भइरहन्छ यो कार्य धेरै भन्दा धेरै सम्मानजनक रहेको छ।
प्रकासीत ः रोशन रसाइली, १९,८, २०७९



















Discussion about this post