शुभारम्भ अनलाइन टि.भी.

बाजुरा बहुमुखी क्याम्पसका स्ववियुका सभापति ,चेतन अयडीको हत्याको विरोध र्याली प्रदर्शन , टीकापुर।

5
SHARES
38
VIEWS

कैलाली ०९ मंसिर / टीकापुरमा आज अनेरास्ववियु विद्यार्थी संगठनले अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका राष्ट्रिय कमिटी अध्यक्ष र बाजुरा बहुमुखी क्याम्पसका स्ववियुका सभापति समेत रहेका चेतन अयडीको हत्याको विरोध र्याली प्रदर्शन गरेकाे छ ।

टीकापुरकाे खडक चोक देखि बजार परिक्रमा गरी फेरी खडक चोक मै आयर कोणसभा गरेकाे हाे । विरोध र्यालीमा सहभागी एमाले प्रदेश कमिटी सदस्य सम थापा , युवा सङ्घठनका पूर्व केन्द्रीय सदस्य एब‍म नेकपा एमालेका जिल्ला कमिटी सदस्य प्रकाश खड्का, अनेरास्ववियु जिल्ला कमिटि सदस्य हरि न्यौपाने र टीकापुर बहुमुखी क्याम्पसका इकाई कमिटि अध्यक्ष पहलसिंह धामि लगायतका नेताहरुले आफ्नाे भनाइ राखेका थिए ।

उक्त कार्यक्रमकाे सञ्चालन नेता हेम राज जोशीले  गरेका थिए । उक्त कार्यक्रमका वक्ताहरुले  नेता अयडीको  हत्या वर्तमान गठबन्धन सरकारका कार्यकर्ता बाट जालसाजी र नियोजित तरिकाले  गरिएको  दाबि गरेका छन ।

नेता अयडी को हत्या घरमा सुतिरहेको बेला घरबाटै नियोजित ढंगले हत्या गरिएको हो भन्दै अनेरास्ववियु संगठनले टीकापुरमा बिरोध र्याली प्रर्दशन गरेका हाे। उक्त बिरोध र्यालीमा हत्याराहरुलाई गिरफ्तार गरी कडा भन्दा कडा कारबाही गरियोस् भनी विरोध  प्रदर्शन गरीएकाे थियाे।

प्रकाशित ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित