शुभारम्भ अनलाइन टि.भी.

नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नं १ मा अत्याधिक मतले बिजयी

5
SHARES
35
VIEWS

टीकापुर ८ म‍ंसिर  ,नागरीक उन्मुक्ती पाटी प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं १ मा ३०४०४ मत ल्याई  अत्याधिक मतले बिजयी भएको छ । नगरीक उन्मुक्ती पाटीका अध्यक्ष रञ्जीता श्रेष्ठ ले प्रतिनिधी सभा सदस्यमा उम्मेद्धवार दिएकी यस निर्बाचनमा अत्याधीक बहुमतले बिजय हुनुभएको छ । नागरिक उन्मुक्ती पाटीका प्रवक्ता समेत रहनुभएका .दामोदर पण्डित को भनई यो छ कि नागरीक उन्मुक्ती पाटी कुनै थारुको मात्रै नभई सबै नेपाली नगरीक को उत्थानको र उन्मुक्तीको लागी स्थापीत पाटी हो । यो पाटी राष्टिय पाटीको रुपमा अगाडी बढिरहेको छ । उनले उदाहरण का साथमा यसरी दाबी गर्नुभयो , म आफै थारु होईन तर सबै को हित र .कम्जोर तथा राज्य बाट दबिएका नागरीका को उत्थानका लागी यो पाटी जन्मिएको छ । यस नागरिक पाटीका एजेन्डा समेत रहेकाे, टीकापुर क्षेत्रलाई विकास मा तिब्रता दिने र भुपु माननिय रेशमलाल चौधरी को ससम्मान रिहाई को माग गरि अगाडी बढीरहेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ ३०४०४ मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२३२३ मतान्तरले पराजित गरेकी हुन् । पराजित रामजनम चौधरीले १८०८१ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २३१२० मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार कृष्णकुमार चौधरीलाई ५३७१ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित