प्रकाशित : कार्तिक २८, २०७९
नुवाकोट — नुवाकोट क्षेत्र नम्बर २ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले किसानले खेतीपातीमा हाल्ने रासायनिक मल नपाएकोमा आफ्नो र सरकारको तर्फबाट गल्ती भएको बताएका छन् ।

नुवाकोटमा धानबाली भित्र्याएपछि आवश्यक पर्ने रासायनिक मलको अभाव छ । अहिले आमकिसान मतदाताले मल नपाएको गुनासो प्रत्येक उम्मेदवारमाथि पोख्न थालेपछि सोमबार लोकतान्त्रिक वामगठबन्धनको बेलकोटगढी नगरापालिका वडा नम्बर–७ स्थित महादेवफाँटमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै नेता केसी अघिल्लो जनप्रतिनिधिलाई लक्षित गर्दै उनले भने,‘मल ल्याउन कोसिस गरेनन् । मोलमलाइतिर लाग्यो ।’


‘संविधानलाई ध्वस्त बनाउने, जनताले पाएको हक र अधिकार खोस्ने जुन दुष्प्रयास भयो,’ नेता केसीले भने,‘अहिले भएको गठबन्धन राष्ट्रिय स्तरबाट भएको हो ।’ यो निर्वाचन भनेको कसैलाई जिताउने र हराउने निर्वाचन नभएर भावी भविष्यलाई कुन बाटोमा लिएर जाने भन्ने निर्वाचन भएको उनको भनाइ थियो । उन
ले बेलकोटगढी नगरपालिकाका लागि पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका एकीकृत परियोजना ल्याउने बताए ।



















Discussion about this post