शुभारम्भ अनलाइन टि.भी.

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार: गगन थापा

4
SHARES
32
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाई थियो।

‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिन भित्र गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे।

महामन्त्री थापाले गठबन्धन दलहरूबीच सिट बाँडफाँट टुंगिने बित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए।

‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिन पछि निर्वाचनको तयारीमा जुट्दैछौं। अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौं। अहिले सम्पूर्ण ध्यान त्यसमा छ,’ उनले भने, ‘केही दिन पछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरू हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन।’

महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिन भित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई’ गठन गर्ने बताए।

उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टी भित्र सो इकाईको आवश्यक्त रहेको पनि स्पष्ट पारे।

‘स्थानीय सरकारकै सन्दर्भमा पनि हामीले कोसिस गर्दैछौं –पार्टीमा एउटा डेडिकेटेट र परमानेन्ट इकाई बनाउने भनेर। जसलाई हामी स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई भनेर पार्टी भित्र राख्न खोज्दैछौं। जसले ५ वर्ष स्थानीय सरकारलाई सशक्त बनाउने र जनताको पक्षमा धेरैभन्दा धेरै काम गराउनेछ,’ उनले भने।

सेताे पाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित