टीकापुर २६ श्रावण/टीकापुरमा साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष सहित ८ पदका लागी आज टीकापुरको सिटी हलमा मतदान सम्पन्न भएको छ ।
निर्वाचन अधिकृत काँशीराम ढुंगानाका अनुसार टीकापुर खानेपानीको विभीन्न ८ पदका लागी ५ ओटा केन्द्रबाट मतदान भएको जानकारी प्राप्त भएको छ ।
टीकापुर खानेपानीको जम्मा उपभोक्रा संख्या करीब सात हजार पाँच सय रहेको र मतदान गर्ने योग्य उपभोक्रा ५३७५ रहेको र दिउसो तिन बजेसम्म मतदान गर्नेको संख्या करीब १५०० पुगेको र अहीले ५ बजे सम्म करिब २५०० मत खस्न सक्ने अनुमान गरिएको भएपनी जम्मा २ हजार २ सय मत मात्र खसेकोे मतदान अधीकृत ढुंगानाले जानकारी दिनुभएको छ ।

चुनावी मैदानमा बुढा प्यानल र खत्रि प्यानल गरि २ प्यानलको चुनावी प्रतिस्र्पधा भइरहेको छ । खत्री प्यानलबाट उपाध्यक्षमा सृजना शर्मा पण्डित यस अघिनै निविरोध र्निवाचीत भइ सक्नुभएको थियो ।



















Discussion about this post