शुभारम्भ अनलाइन टि.भी.

६० वर्षमाथिका भेरोसेल लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

3
SHARES
23
VIEWS

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ। राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो।

समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गरेको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गरेकी थिइन्।

‘भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ,’ खतिवडाले बुधबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भने, ‘सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ। सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित