शुभारम्भ अनलाइन टि.भी.

हिजोआज प्रधानन्यायाधीश जबरा के गर्दैछन सर्वोच्चमा

4
SHARES
27
VIEWS

सर्वोच्च अदालतका न्यायाधीशहरुले मंसिर १५ गतेदेखि नियमित रुपमा गोला प्रक्रियाबाट इजलास गठन र मुद्दा छनौटको अभ्यास गरिरहेका छन् ।

हिजोआज हरेक दिन विहान १० बजे मुख्य रजिष्ट्रारको कार्यालयसँगको हलमा भेला हुने उनीहरुले गोला तान्छन् र त्यही गोलामा लेखिएको अनुसार इजलास गठन हुन्छ । कोही न्यायाधीश ढिलो भएमा अरु सहकर्मी वा कर्मचारीलाई आफ्नो भागको गोटी तानिदिन आग्रह गर्छन् । करिव सवा १० देखि साढे १० बजेसम्म गोला प्रक्रियाबाट इजलास गठन टुंगिन्छ । न्यायाधीशहरु त्यसपछि केही समय चेम्बर ९कार्यकक्ष० मा बिताउँछन् । अनि १२ बजे कानून व्यवसायीहरुको धर्ना सकिएपछि इजलासमा पुग्छन् ।दिउँसो साढे १ बजेदेखि ४५ मिनेट चिया समयमा इजलासबाट उठ्ने उनीहरु पुन मुद्दा सुनुवाइमै फर्किन्छन् र करिव साढे ३ देखि ४ बजेभित्र इजलासबाट बाहिरिन्छन् । तर सर्वोच्च अदालतको यो दैनिकीमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित