शुभारम्भ अनलाइन टि.भी.

टीकापुर महोत्सवको मुख्यमन्त्री कमलबहादुर शाहद्वारा भव्य उद्घाटन

9
SHARES
66
VIEWS

टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुने टीकापुर महोत्सव २०८२ को आज मङ्गलबार पुष २९ गते भव्य रूपमा उद्घाटन गरिएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह ले गर्नुभएको हो।

उद्घाटन समारोह टिकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सङ्घका उपाध्यक्ष दिपेन्द्र रावल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव प्रकाश तिमल्सिना ले गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री शाहले टिकापुर क्षेत्र प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताले सम्पन्न क्षेत्र भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योग–व्यवसायको विकास तथा पर्यटन विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै उहाँले प्रदेश सरकारले स्थानीय उद्योग, कृषि र पर्यटन प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

यो महोत्सवले विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना मजबुत बनाउने विश्वास आयोजकले लिएको छ। महोत्सवमार्फत सुदूरपश्चिम प्रदेशको औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि तथा पर्यटकीय सम्भावनालाई राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्य राखिएको छ।
महोत्सव अवधिभर औद्योगिक तथा व्यापार मेला, स्थानीय उत्पादनका प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, खानाका परिकार, मनोरञ्जनात्मक गतिविधि तथा विविध प्रतियोगिताहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
टिकापुर नगरपालिका–१ स्थित खुल्ला मैदानमा आयोजना गरिएको महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउने र टिकापुरलाई एक महत्वपूर्ण व्यापारिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित