शुभारम्भ अनलाइन टि.भी.

सुन्दर सुदूरपश्चिम यातायातकाे टीकापुर एक्सप्रेस बस सेवा सुरु

4
SHARES
27
VIEWS

टीकापुर,१४ मंसिर । सुदूरपश्चिम प्रदेशको यातायात सेवालाई आधुनिक, सुरक्षित र यात्रु–मैत्री बनाउन सुन्दर सुदूरपश्चिम यातायात प्रा. लि. द्वारा संचालित VIP 2×2 टीकापुर एक्सप्रेस बस सेवा आइतबार एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।

टिकापुरमा आयोजित कार्यक्रममा यस क्षेत्रका समाजसेवी बुद्धिजीवी पत्रकार राजनीतिज्ञ तथा विभिन्न स्थानीय सरोकारवालाहरूको उपस्थितिमा सेवा शुभारम्भ गरिएको हो। आयोजकले “स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने नारासहित यात्रु–केन्द्रित सेवा विस्तारका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ सेवा अन्तर्गत टीकापुरदेखि काठमाडौँसम्म यात्रुहरूले आरामदायी २x२ फोल्डिङ सोफा–सिट को सुविधा पाउनेछन्। कम्पनीले भाडा प्रतिसि  रु. २ हजार ५ सय निर्धारण गरेको छ। लामो दूरीको यात्रालाई सहज बनाउने उद्देश्यले हालका लागि धनगढी र टिकापुरबाट ४६ वटा भिआइपी बस नियमित सञ्चालनमा ल्याइएको सुन्दर सुदूरपश्चिम यातायात प्रा. लिले जनाएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले आधुनिक सुविधासहितको बस सेवा प्रदेशकै यातायात क्षेत्रको उन्नतितर्फको महत्वपूर्ण कदम भएको बताए।  नयाँ सेवा शुरु भएपछि स्थानीयहरू खुशी तथा उत्साहित देखिएका छन।

कम्पनीका प्रतिनिधिहरूले यात्रुको आवश्यकता र समयको मागअनुसार सेवामा अझ गुणस्तरीय सुविधासहित सेवा विस्तार गर्दै लैजाने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित