शुभारम्भ अनलाइन टि.भी.

कर्णाली सेवा समाजद्वारा प्रमुख प्रशासकीय अधिकृत धितालाई भव्य स्वागत

37
SHARES
265
VIEWS

 टीकापुर,०४ कार्तिक । टीकापुर नगरपालिकामा सरुवा भई कार्यरत हुनुभएका प्रशासकीय अधिकृत सुमन धिताललाई कर्णाली सेवा समाज टीकापुरले भव्य स्वागत तथा सम्मान गरेको छ। समाजका अध्यक्ष नरबहादुर शाहीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका बिचप्रमुख प्रशासकीय अधिकृत धिताललाई सम्मान तथा स्वागत गरिएको हो।

त्यसैबीच महालेखा निर्देशनालयका उपसचिव छिरिङ लामा, टीकापुर नगरपालिकाका लेखा अधिकृत देवीकृष्ण जैसी,अस्थायी ट्राफिक प्रहरी कार्यालय टीकापुरमा कार्यरत हवल्दार देवीभक्त धिताललाई समेत सम्मान गरिएको थियो  ।

कार्यक्रममा कर्णाली सेवा समाजका कार्यसमिति सदस्य ज्ञानेन्द्र बहादुर शाहले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। साथै समाजका सल्लाहकार समिति संयोजक गंगाराम आचार्य, महालेखा निर्देशनालयका उपसचिव छिरिङ लामा, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल र अन्य  अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृ धितालको सफल कार्यकालको कामना गरेका थिए।

समाजको आफ्नै भवनमा आयोजना गरिएको  कार्यक्रमको सञ्चालन समाजका सचिव वीरेन्द्र खड्काले गर्नुभएको थियो। कर्णाली सेवा समाजद्वारा आयोजित यो स्वागत–सम्मानले संस्थागत सद्भाव, सहयोग र आपसी सम्बन्ध अझ सुदृढ हुने आयोजकले बताएका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित