शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा नगरस्तरीय अन्तर विद्यालय मेयर तथा राष्ट्रपति रनिङशील खेलकुदको भव्य सुरुवात

14
SHARES
103
VIEWS

टीकापुर नगरपालिका स्तरीय अन्तर विद्यालय मेयर तथा राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगिता आजदेखि विधिवत रूपमा भव्य रूपमा प्रारम्भ भएको छ। विभिन्न तीन क्लस्टरमा विभाजन गरिएका खेलमैदानहरूमा टीकापुर नगरका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूले खेल प्रतिस्पर्धा सुरु गरेका छन्।

सप्तऋषि माध्यमिक विद्यालयको व्यवस्थापनमा संस्थागत विद्यालयको खेल टीकापुर बहुमुखी क्याम्पसको प्राङ्गणमा उत्साहपूर्ण वातावरणमा सुरु भएको छ। त्यस्तै सामुदायिक विद्यालयतर्फ, सरस्वती माध्यमिक विद्यालय वनगाउँको आयोजनामा वीरेन्द्र विद्यामन्दिरको खेलमैदानमा प्रतियोगिता प्रारम्भ भएको छ।

यता कर्णाली माध्यमिक विद्यालय शक्तिको आयोजनामा वडा नं. ६, ७, ८ र ९ का सामुदायिक तथा संस्थागत विद्यालयहरूबीचको खेल प्रतिस्पर्धा कर्णाली माध्यमिक विद्यालयको मैदानमा उद्घाटन गरिएको छ।

सुरुवातदेखि नै विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहपूर्ण उपस्थिति देखिएको खेलकुदले टीकापुर नगरका सबै विद्यालयबीच मैत्री, स्वास्थ्य, अनुशासन तथा खेलभावनाको सन्देश फैलाउने अपेक्षा गरिएको आयोजक समितिहरूले जनाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित