शुभारम्भ अनलाइन टि.भी.

सप्तऋषि माध्यमिक विद्यालयमा परीक्षाको नतिजा सार्वजनिक तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

7
SHARES
48
VIEWS

टीकापुर-२७ कार्तिक । कैलाली टीकापुर स्थित सप्तऋषि माध्यमिक विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा अभिभावक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापति तथा सञ्चालक समिति अध्यक्ष दिनेश कुमार थापा रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल लिखराम चौधरीले स्वागत मन्तव्य दिँदै विद्यालयले अघि सारेका शैक्षिक गतिविधि, चुनौती र सुधारका योजनाबारे अभिभावकलाई जानकारी गराउनुभयो। कार्यक्रममा प्रशिक्षक हिरा केसी सुवेदीले शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थीहरूमा सिकाइ प्रवर्धनका उपायबारे महत्वपूर्ण अभिमत प्रस्तुत गर्नुभयो।

यसैगरी कार्यक्रमको सञ्चालन लेखा संकाय प्रमुख शिवराम चौलागाईले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूको दोस्रो त्रैमासिक शैक्षिक प्रगति, अनुशासन, सिकाइ परिणाम तथा आवश्यक सुधारका विषयमा अभिभावक–विद्यालयबीच विस्तृत छलफल भएको थियो।

विद्यालय प्रशासनले नियमित साथ, सुझाव र सहयोगका लागि अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षासेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित