शुभारम्भ अनलाइन टि.भी.

जनप्रकाश आधारभूत विद्यालयको सामाजिक परिक्षण

9
SHARES
63
VIEWS

टीकापुर नगरपालिका वडा नं. ४ स्थित जनप्रकाश आधारभूत विद्यालयको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ।  शिक्षक अभिभावक संघका अध्यक्ष भदैया थारुको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थितले सो कार्यक्रममा बोल्दै विद्यालय आर्थिक रूपमा सबल बन्दै गएको र शैक्षिक गुणस्तर तथा विद्यार्थी नतिजा सुधार आवश्यक रहेकोमा जोड दिदै सामाजिक परिक्षण समितिका सुझावलाई ध्यान दिन विद्यालयलाई आग्रह समेत गर्नुभयाे ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शाहीले अभिभावकको निगरानी र सुझावले विद्यालयको सिकाई गुणस्तर सुधारमा मद्दत पुग्ने बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारुले अभिभावकहरुलाई बालबालिकाका लागि जिम्मेवार बन्न आग्रह गर्दै बालबालिकाको रेखदेखमा अभिभावकले ध्यान दिन जरुरी रहेको सुझाव समेत दिनुभयो ।

सामुदायिक विद्यालयले हाल कक्षा ४ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्दै आएको छ। सामाजिक परिक्षण प्रतिवेदन अनुसार विद्यालयले आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ३७ लाख ३९ हजार ६ सय ८९ रुपैयाँको कारोबार गरेको र १० लाख १० हजार ७ सय ९४ रुपैयाँ बचत भएको देखिएको छ। हाल विद्यालयमा २१० जना विद्यार्थी अध्ययनरत छन्।

सोही अवसरमा विद्यालयले २०७८ सालदेखि भाद्र ४ गतेसम्म अध्यापन गर्दै आउनुभएका शिक्षक नारायण विक्रम चौधरीलाई सम्मानसहित बिदाइ गरेको थियो। सामाजिक परिक्षण प्रतिवेदनमा विद्यालयले १०० मा ८९ नम्बर प्राप्त गरेको छ।

प्रधानाध्यापक रघुनाथ उपाध्यायले स्वागत गर्नुभएको उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ का वडा सदस्य दिपेन्द्र चौधरी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष पञ्चाराम चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो भने सो कार्यक्रमको सञ्चालन शिक्षक हरिकृष्ण चौधरीले गर्नुभएको थियो।बालबालिकाप्रति जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित