टीकापुर, कात्तिक —परियार समाज सशक्तिकरण मञ्च टिकापुरद्वारा आयोजित दशैं–तिहार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रम मञ्चका अध्यक्ष लोकबहादुर नेपालीको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने ज्येष्ठ नागरिक काले दमाई प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। विशिष्ट अतिथिका रूपमा जमाने दमाई र रामबहादुर दमाईको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजसेवी रामबहादुर नगरजी, समाजसेवी तिलकबहादुर नेपाली, तथा समाजसेवी सुरेन्द्र देउखर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्वहरूले समाजमा एकता, सद्भाव र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उल्लेख गर्नुभयो।
कार्यक्रममा उपाध्यक्ष शान्ति कुमारी नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पदमसिंह परियारले गर्नु भएको थियो।
दशैं–तिहारको उल्लाससँगै सामुदायिक मेलमिलाप, पारिवारिक एकता र समाज सशक्तिकरणको सन्देश बोकेको उक्त कार्यक्रम विविध सांस्कृतिक प्रस्तुति र आत्मीय शुभकामनाले झन् रौनकिलो बनेको सहभागी समाजका क्रियाशील सदस्य द्वय अमृत पालपाली र मिनबहादुर नेपालीले प्रदान जनकारी दिनुभयाे।



















Discussion about this post