टीकापुर – भाद्र ०६ / प्रस्तावित शिक्षा विधेयकको विरोधमा टिकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न निजी तथा आवासीय विद्यालयहरूले शुक्रबार संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।
विद्यालयका बस र मोटरसाइकल सहितको र्यालीमार्फत गरिएको आन्दोलनमा सहभागीहरूले कालो झण्डा देखाएर असन्तुष्टि जनाए। टीकापुर बसपार्कबाट सुरु भएको र्याली खड्गकचोक, जमरा, साथी अस्पताल, दुर्गौलीलगायत क्षेत्रहरु परिक्रमा गर्दै अन्ततः टीकापुर नगरपालिकाको भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
टीकापुर प्याब्सनका नगर अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा एन प्याब्सन केन्द्रीय उपाध्यक्ष तेजराज खनाल, प्याब्सन सुदूरपश्चिम प्रदेश उपाध्यक्ष डम्बर सोडारी, कैलाली जिल्ला अध्यक्ष जयकृष्ण तिमिल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो।
टीकापुर प्याब्सन नगर उपाध्यक्ष देवेन्द्र शाहले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन प्याब्सन महाधिवेशन प्रतिनिधि शिवराम चौलागाईंले गर्नुभएको थियो।



















Discussion about this post