टिकापुर, साउन २२ –टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत जातीय विभेद तथा मानमर्दन गर्ने खालका अपमानजनक शब्द प्रयोग भएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
संस्थाले आज एक विज्ञप्ति जारी गर्दै संस्थाको स्थापना कालखण्डदेखि लेखा अधिकृत (नि. कार्यालय प्रमुख) पदमा कार्यरत डम्बर बहादुर बि.क. विरुद्ध लक्षित गर्दै सामाजिक सञ्जालमा गरिएका अभिव्यक्तिप्रति निन्दा प्रकट गरेको हो। फेसबुकमा सार्वजनिक गरिएको पोस्टमार्फत जातीय रुपमा विभेद गर्ने शब्द प्रयोग गर्दै मानहानी गरिएको भन्दै संस्थाले सो घटनालाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कार्यमा संलग्न व्यक्तिलाई कानून बमोजिम हस्तक्षेपको कारबाही गरियोस् भन्ने अपिल गर्दछौं।”
विज्ञप्तिमा संस्थाका पदाधिकारी तथा सदस्यहरूको हस्ताक्षर रहेको छ।



















Discussion about this post