टीकापुर , साउन ०९ । टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे नेतृत्वमा नयाँ सोच, नवीन दृष्टिकोण र पारदर्शी कार्यशैलीसहित अगाडि बढ्ने उद्देश्यले प्रकाश खड्काले सचिव पदमा आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गर्नुभएको छ।
स्थानीय सरोकारवालासँगको छलफल तथा सदस्यहरूसँगको परामर्शपछि खड्काले नेतृत्वमा परिवर्तन आवश्यक रहेको र टिकापुर खानेपानी संस्थालाई थप चुस्त, पारदर्शी र प्रगतिशील ढङ्गले सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब टिकापुर खानेपानी धमिलो होइन, शुद्ध पानीजस्तै छविमा रूपान्तरण हुन्छ। मेरो नेतृत्वले यो परिवर्तन सम्भव बनाउनेछ।”
संस्थाको विगत कार्यशैलीमा सुधार, सेवा गुणस्तरमा वृद्धि, उपभोक्तामैत्री नीतिहरूको कार्यान्वयन र संस्थाको दीर्घकालीन दिगोपनालाई सुनिश्चित गर्ने योजनासहित खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँले विभिन्न वडास्तरमा रहेका उपभोक्ता समूहहरूसँग निरन्तर संवाद र सहकार्य गर्दै व्यापक समर्थन समेत जुटाउँदै जानुभएको छ।
उपभोक्ता सेवामा जनउत्तरदायीता, सुशासन र वित्तीय पारदर्शिता मुख्य प्राथमिकता रहेको बताउँदै खड्काले आगामी कार्यकालमा प्राविधिक सुदृढीकरण, नियमित आपूर्ति र सेवा विस्तारका लागि दूरदृष्टियुक्त योजना कार्यान्वयन गर्ने बताउनुभएको छ।
स्थानीय नागरिकहरूले समेत खड्काको उम्मेदवारीलाई स्वागत गर्दै संस्थामा नयाँ ऊर्जा, गति र जवाफदेहिताको अपेक्षा व्यक्त गरेका छन्।



















Discussion about this post