शुभारम्भ अनलाइन टि.भी.

सुनचादी व्यवसायि संघ कैलालीकाे प्रचण्डलाई ज्ञापनपत्र

27
SHARES
192
VIEWS

टीकापुर,२० फाल्गुण ।  सुनचादी व्यवसायि संघ कैलालीले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ६ बुदे ज्ञापनपत्र बुझाएको छ।

नेपाल सुनचादी व्यवसायि महासङ्घको बाह्रौं स्थापना दिवसको अवसर पारेर टीकापुरको सिद्धार्थ होटलमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको रुपमा बोलाएर सुनचादी व्यवसायि संघ कैलालीले ज्ञापनपत्र बुझाएको हो।

सुनचादी व्यवसायि संघ कैलालीले सुनचादी व्यवसाय गर्ने व्यवसायिहरूका  विभिन्न मर्काहरूलाई मध्यनजर गरेर यस क्षेत्रका व्यवसायिलाइ सुदूरपश्चिम प्रदेशबाटै सुनजन्य कच्चा पदार्थहरु  उपलब्ध गराइदिनु पर्ने र  स- साना सुनचादी व्यवसायीहरुको हक र हित  लागि कानुन बनाइदिन समेत आग्रह गरिएको छ

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनचाँदी व्यवसायीहरूलाई पर्न गएका अनेकौं समस्यालाई निराकरण गर्नका लागि आफू पूर्ण रुपमा पहिलेदेखि नै लचिलो रहेको र अब व्यवसायीहरूका समस्याहरू समाधान गर्न झन कडा भएर प्रस्तुत हुने समेत बताउनुभयो।

त्यति मात्र नभएर  यस विषयमा  सदनमा कुरा उठाउने र सदनबाट समस्याको समाधान ननिस्के सडकबाट पनि सुनचादी व्यवसायहरुले आन्दोलनमा गर्न आग्रह समेत गर्नुभयो ।

सुनचादी व्यवसायि संघ कैलालीका अध्यक्ष यदु सुनारकाे सभा अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू र सुनचाँदी व्यवसायीका संघमा आबद्ध सुनचादी व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

पूर्व प्रधानमन्त्री  दाहाललाई भव्य स्वागत गरेर सुरु भएको उक्त कार्यक्रमको सञ्चालन  सुनचादी व्यवसायी संघ कैलालीका जिल्ला सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित