शुभारम्भ अनलाइन टि.भी.

जनरोजगार श्रमिक सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण

8
SHARES
55
VIEWS

टीकापुर १५ मङ्सिर । जनरोजगार श्रमिक सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कैलालीकाे टीकापुरमा शनिबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष खुसीराम थारुको सभाध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा संविधानसभा सदस्य हरि ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो।

टीकापुर जेसीजकाे सभाहलमा भएको उक्त कार्यक्रममा सफल व्यवसायी तथा समाजसेवी एवं नेकपा माओवादी केन्द्रका नेता नेप बहादुर चौधरी, टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बिक लुहार, टीकापुर नगरपालिका आर्थिक विकास शाखाकी शाखा प्रमुख रञ्जु आचार्य,जनकल्याण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैसी, टीकापुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य खम्म बहादुर ठकुला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै उक्त वार्षिक साधारण सभा कार्यक्रमको सञ्चालन सचिव अमितकुमार चौधरीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित