शुभारम्भ अनलाइन टि.भी.

 टीकापुरको १७ नम्बरमा बाघले स्थानीयका ६ बाख्रा मार्यो।

63
SHARES
451
VIEWS

टीकापुर,२१ साउन । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ बालक नं १७ स्थित फरक फरक दुईवटा घरमा पालिएका बाख्रालाई बाघले मारेको अनुमान गरिएको छ ।

आइतबार राति अज्ञात रूपमा सोही क्षेत्रमा बसोबास गर्ने दुर्गा परियार र उनका छिमेकी विदुर सिंह बिष्टका तीन-तीन गरी जम्मा ६ वटा बाख्राको घाँटीमा गहिरो घाउ लगाएर मारेको अवस्थामा बाख्रा भेटिएका छन् ।

स्थानीयले इलाका प्रहरी कार्यालय टीकापुरलाई जानकारी गराय पछी उक्त घटनाको बारे थप जाँचबुझ भइरहेको बताइएकाे छ।
स्थानीय जानकारहरूले बताएअनुसार उक्त क्षेत्रमा चितुवा पसेको हुनसक्ने अनुमान गरिएको छ। घटनाको प्रकृति हेर्दा  चितुवा सो स्थानमा लुकेर बसेको हुन सक्ने पनि अनुमान गरिएको छ।

स्रोतका अनुसार थप घटना हुनबाट बचाउन बाघको खोजी हुनुपर्नेमा स्थानीयहरूको आग्रह समेत रहेको छ। साेही ठाउँमा बाघ लुकेर बसेपछि मानिसमा पनि आक्रमण हुन सक्ने भन्दै  स्थानीयहरु त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित