टीकापुर, ८ साउन । टीकापुर अस्पतालको सेवा सुचारु भएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गर्दै हिजोदेखी ठप्प रहेको आकस्मिक सेवा बाहेकको सेवा सुचारु भएको सुचना निकालेर जानकारी दिएको छ ।
अस्पताल हातामा प्रवेश गरेर गाली गलौज र डरधम्की दिएको भनिएका व्यक्तिहरुले कमिकमजोरी भएको स्विकारे पछि दुई पक्षबीच सहमति जुटेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयाे ।
आगामी दिनमा अस्पतालको सेवामा असर पर्ने खालका कुनै गतिविधि नगर्ने गरी दुई पक्षबीच लिखित सहमति समेत भएको छ ।



















Discussion about this post