टीकापुर, ०७ साउन । टीकापुर अस्पताल व्यवस्थापन समिति अध्यक्ष झपड सोडारीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एक स्टार सार्वजनिक गर्दै टीकापुर अस्पतालले एक चरण पार गरेको महसुस भएको भन्दै अस्पताल प्रगति र उन्नतितिर गइरहेको सन्देश दिनुभएको छ।
अध्यक्ष सोडारीले अहिले १७ जना विशेषज्ञ सहित प्राविधिकहरूको जङ्गो टिम भएको समेत दाबी गर्नुभएको छ।
अस्पतालले पछिल्लो समय मिर्गौलाकाे डाइलेसिस सेवा लगायतका महत्वपूर्ण कार्यक्रमहरूको सुरुवात गरिरहेको छ ।
त्यस्तै केही समय अगाडि फोहोर व्यवस्थापन मेसिन जोडान गरेर फोहोरलाई मोहोर बनाउनुपर्छ भन्ने कामकाे उदाहरण समेत दिनुभएको थियो।
अव विशेषज्ञहरुको संख्या १७ पुगेको छ । सवै खाले विशिष्टिकृत सेवा प्रवाह गर्ने अवस्थामा अस्पताल अघाडी बढेको छ ।
रेडियोलोजिष्ट सेवा विस्तार भएको छ। रेडियोलोजिष्टमा डा.नितेश सिलवाल, फिजिसिएन डा चित्र गिरी मेडिकल अधिकृर्त डा बिपुल भट्ट ,बायोमेडिकल टेक्निसियन क्षितिज देव अधिकारी र खरिदार दुर्गाराज नेपाली लगाएतकाे टीम टीकापुर अस्पतालमा जाेडिएकाे छ ।

















Discussion about this post