टीकापुर, ०७ साउन । नेपाल निवृत्त शिक्षक समाज टीकापुरले ७५ वर्ष माथिका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । समाजको वार्षिक कार्यक्रम अन्र्तगत निवृत्त शिक्षकरुलाई सम्मान गरिएको हाे ।
सम्मानित हुने ७५ वर्ष माथिका सेवा निवृत्त शिक्षकहरुमा भक्तिराम कोइराला, शेषमणी शर्मा र पुष्पराज रेग्मी रहनु भएको छ ।
उनिहरुलाई प्रमाण पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको नगर समिति अध्यक्ष ज्योतिप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपाध्यक्ष दिलराज शर्मा रहनु भएको थियो ।

















Discussion about this post