टीकापुर,६ साउन । नेपाली काँग्रेसका संस्थापक नेता बि.पि.कोइरालाको ४२औं स्मृति दिवसकाे अवसरमा नेपाल विद्यार्थी संघ, टीकापुर नगर समितिले टीकापुरस्थित सीमाविहीन स्वयम् सेवक संस्थामा सञ्चालित बालगृहका २५ जना विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरेको छ ।
बालगृहमा रहेका बालबालिकाको सहयोगका लागि स्टेशनरी प्रदान गरिएको नेविसंघका केन्द्रिय सदस्य टेकेन्द्र सिंह विष्ट मानसले जानकारी दिनुभयाे।
नगर सभापति महेश परियारको अध्यक्षतामा भएको स्टेशनरी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चेतमान खत्री रहनु भएकाे थियाे ।
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृपजंग थापा, वीरेन्द्र विद्यामन्दिर क्याम्पसका स्ववियु सभापति नवीन अधिकारी लगायत नेविसंघका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

















Discussion about this post