शुभारम्भ अनलाइन टि.भी.

सर्वाधिक जिपीए ल्याउने बिद्यार्थिकालाई ग्रेटल एजुकेसनलको पुरस्कार तथा बधाई

9
SHARES
65
VIEWS

टीकापुर १८ असार । शैक्षिक सत्र २०८० को SEE परीक्षामा टीकापुर क्षेत्रबाट सर्वाधिक GPA ल्याउने छात्र छात्रालाई टीकापुरस्थित ग्रेट हल एजुकेशनल कन्सलटेन्सीले बुधबार सम्मान, पुरस्कार तथा बधाई कार्यक्रमकाे आयोजना गरेकाे छ ।

उक्त कार्यक्रममा वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयका ४ GPA ल्याउन सफल हेमन्त साँउद  र माउन्ट सैपाल इन्टरनेशनल एकाडेमीकी ३.९५ GPA ल्याउन सफल विनु रावल लाई जनही १०/१० हजार नगद तथा सम्मानपत्र र दोसल्ला ओढाएर अभिनन्दन गरिएको हाे ।

सो कार्यक्रममा प्रमुख अतिथि टीकापुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुख एबम् सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा डा. जगत बहादुर सिंह रावल, विशिष्ठ अतिथि टीकापुर नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष मोहन लुहार विश्वकर्मा, वीरेन्द्र विद्या मन्दिरका सहायक प्रधानाध्यापक डा. योगेन्द्र बजगाईं, रेडियो नमस्तेका प्रबन्ध निर्देशक कर्ण कुँवर, माउन्ट सैपाल इन्टरनेशनल एकाडेमीका प्रबन्ध निर्देशक डिल्लीराज रेग्मी, सम्मानित बिद्यार्थिका अभिभावक दाजु भरत साउद र बुवा नरेश रावलले मन्तव्य राखेका थियाे ।

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक गणेश बहादुर शाहीकाे अध्यक्षतामा सुरु भएकाे उक्त कार्यक्रमको सञ्चालन  कन्सल्टेन्सीका म्यानेजर वीरेन्द्र साउदले  गर्नुभएकाे थियाे भने कार्यक्रमको सहजीकरण कन्सल्टेन्सीका कार्यकारी निर्देशक दिपेन्द्र बहादुर शाहीले गर्नुभएको थियो।

ग्रेट हल एजुकेसनल कन्सल्टेन्सीले पछिल्लो पटक उत्कृष्ट जापानीज भाषा लगायतका  कक्षाहरुकाे प्रशिक्षण दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित