टीकापुर १४ असार सहिद टेकबहादुर साउद स्मृति केन्द्रको आयोजनामा प्रथम ब्याडमिन्टन कप टीकापुरमा शुक्रबार उद्घाटन भएको छ। करिब ५० वटा टिमको सहभागितामा सुरु भएको उक्त ब्याडमिन्टन कप टीकापुरको सिटी हलमा दुई दिनका लागि चल्नेछ।
स्मृति केन्द्रका उपाध्यक्ष गणेश ओझाकाे अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय खेलाडी बबरजंग शाही, नेकपा एमालेका जिल्ला कमिटी सदस्य भूपेन्द्र साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकापुर नगर सभापति रविन्द्र बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
स्मृति केन्द्रका सल्लाहकार संयोजक कमलराज जोशीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन स्मृति केन्द्रका सचिव वीरबहादुर चौधरीले गर्नुभएको थियो।



















Discussion about this post