शुभारम्भ अनलाइन टि.भी.

लोकबाजा संरक्षणका लागी प्रशिक्षण कार्यक्रम ।

6
SHARES
42
VIEWS

बैसाख ३१ टीकापुर ।  सुदूरपश्चिमका कला सांस्कृतिक झल्काउन प्रयोग हुने बिभिन्न  बाजाहरूलाई लोप हुन नदिने उद्देश्यका साथ लोकबाजा संरक्षणका लागी प्रशिक्षण कार्यक्रम कैलालीको टिकापुरमा सोमबार सम्पन्न भएको छ।

श्री नन्दादेवी सांस्कृतिक समाजको आयोजनामा भएको उक्त प्रशिक्षण कार्यक्रमको मुख्य प्रबन्धको रूपमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान रहेको थियो।

विशेष गरेर सुदूरपश्चिममा  खेलिने बुवा, ढाल, दमया, हुड्क्या नेउले लगायतका खेलमा प्रयोग हुने बाजाहरूको बारेमा जानकारी दिने र यसको महत्व झल्काउन याे कार्यक्रम गरीयकाे आयाेजक स्रोतले जानकारी दिएको छ ।

श्री नन्ददेवी सांस्कृतिक समाजका अध्यक्ष प्रेम बहादुर बिष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डाक्टर टि एन जोशी प्रमुख अतिथि रहनुभएको थियो।

समाजसेवी जङ्ग बहादुर साउँदले स्वागत मन्तव्य राख्नुभएकाे उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य नवराज रावल, नेकपा एमालेका जिल्ला सदस्य प्यारेन्द्र न्यौपाने, पूर्व गाविस अध्यक्ष झपड सिंह रावल, साहित्यकार बल बहादुर बटाला बलमुखिया लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सांस्कृतिक समाजका उपाध्यक्ष नरकान्त न्याैपाने र सहसचिव मानबहादुर खत्रीले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव टेक बहादुर भटालाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित