बैशाख २८ टीकापुर । ब्राह्मण समाज नेपालकाे नगर कमिटी टीकापुरले अक्षय तृतीयको अवसर पारेर शुक्रबार टीकापुरमा सातु तथा सर्वत वितरण कार्यक्रमकाे आयोजना गरेको छ ।
ब्राह्मण समाज नेपाल टीकापुर नगर कमिटीका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा भएको उक्त सातु तथा सर्वत वितरण कार्यक्रममा प्रमुख अतिथि ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद तिमिल्सिना रहनुभएको थियो ।
टीकापुरको हाट बजारमा दिउँसो ४ बजेदेखि सुरु भएको उक्त सातु तथा सर्वत वितरण कार्यक्रममा १ हजार बढी मानिसहरूलाई सातु तथा सर्वत वितरण गरिएको समाजका केन्द्रीय सदस्य झनक राज तिमिल्सिनाले जानकारी दिनुभयो ।
विशिष्ट अतिथिको रूपमा समाजका केन्द्रीय सदस्य योजना अधिकारी रहनुभएको उक्त कार्यक्रममा केन्द्रीय प्रतिनिधि धनराज उपाध्याय, गणेश प्रसाद ओझा ,प्रदेश उपाध्यक्ष सुनिता अधिकारी, जिल्ला सचिव देवीलाल जाेसी, कोषाध्यक्ष मुक्ति प्रसाद रेग्मी लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
समाजका नगर सदस्य जनक आचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन नगर सचिव आत्मराज उपाध्यायले गर्नुभएको थियो।

















Discussion about this post