शुभारम्भ अनलाइन टि.भी.

१५ दिने पूजा सामग्री निर्माण तालिम सम्पन्न

3
SHARES
23
VIEWS

बैशाख, २० टीकापुर । कर्णाली सेवा समाजको आयोजना र टीकापुर नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा १५ दिने पूजा सामग्री निर्माण तालिम टीकापुरमा बिहेबार सम्पन्न भएको छ।

टीकापुर नगरपालिकाको एक नम्बर वडामा प्रधान कार्यालय भएको कर्णाली सेवा समाजले आफ्नै भवनमा सेवा समाजका आबद्ध  नागरिकहरुलाई लक्षित गर्दै पूजा सामग्री निर्माण गर्नमा इच्छुक १५ जना नागरिकलाई उक्त तालिम दिएको हो।

उक्त १५ दिने तालिममा प्रमुख प्रशिक्षकका रूपमा कैलाशश्वर महादेव मन्दिरका मन्दिर व्यवस्थापन समिति अध्यक्ष नारायण तिमिल्सिना त्यसैगरी सेवा समाजमा आबद्ध मणिराम न्यौपाने र कोइरे रोकाया लगायतले प्रशिक्षण गर्नुभएको थियो।

सेवा समाजका अध्यक्ष मदन बहादुर रोकायाको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मोहन बि क लुवार, निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्य, प्रशिक्षक नारायण प्रसाद तिमेलसेना, सेवा समाजका सल्लाहकार दयाराम सन्ज्याल, अर्जुन शाही लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सेवा समाजका सदस्य मणिराम सन्ज्यालले स्वागत गर्नुभएको उक्त कार्यक्रमकाे सञ्चालन सेवा समाजका सचिव वीरेन्द्र खड्काले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित