बैशाख १५ टीकापुर । कर्णाली अञ्चलमा जन्मिएर टीकापुरमा कर्मथलो बनाउनुभएका कर्णाली सेवा समाजका संस्थापक सल्लाहकार स्वर्गीय माेहनजङ शाहीको १३ौ पुण्यतिथिको अवसरमा कर्णाली प्रदेश सरकारका निवर्तमान भौतिक तथा योजना मन्त्री मङ्गलबहादुर शाहीको विशेष उपस्थितिमा उक्त श्रद्धाञ्जली कार्यक्रम कर्णाली सेवा समाजले शनिवार टिकापुरमा सम्पन्न गरेको छ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष गङ्गाराम आचार्य, कर्णाली सेवा समाजका अध्यक्ष मदनबहादुर रोकाया, टिकापुर नगरपालिकाका प्रशासकीय अधिकृत देवी आचार्य, समाजसेवी ललित जंग शाही, शिवलाल तिवारी, गम्भीर साउद, जयबहादुर शाही लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बुवा नैनसिंह शाही र आमा पूर्णिका शाहीको कोखबाट जन्मिएका स्वर्गीय शाहीको जन्म १९९१ सालको फागुन महिना ८ गते भएको थियो भने उहाँको स्वर्गवास २०८१ एक महिना ४ गतेमा भएको हो।
कर्णाली सेवा समाजले आयोजना गरेको उक्त श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन सेवा समाजका सचिव वीरेन्द्र खड्काले गर्नुभएको थियो।

















Discussion about this post