शुभारम्भ अनलाइन टि.भी.

टीकापुर ७ नम्बर वडाको प्रशासनिक भवन उद्घाटन

8
SHARES
56
VIEWS

बैशाख, ०७ टीकापुर ।  टीकापुर नगरपालिका वडा नम्बर ७ को नवनिर्मित प्रशासनिक भवन शुक्रबार एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन भएको छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा सुरु भएको उक्त भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगोरा थारु रहनुभएको थियो।

नवनिर्मित भवनको सभा हलमा भएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरी, जिल्ला समन्वय समितिका सदस्य सरिता भुल, पूर्व गाउँ विकास समिति अध्यक्ष फकिर सिंह कडायत, समाजसेवी नरेश धमाला, टोप बहादुर केसी, मणिराम ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

राजकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन रामभजन चौधरीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित