बैशाख ७ “नेबि संघको स्थापना दिवसको अवसरमा ७ घण्टा कच्ची सडकको यात्रा पछि देवकोटाले बुझाए ज्ञापन पत्र” नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार विभिन्न पालिकामा प्रतिनिधि खटाई ज्ञापन पत्र दिन नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले निर्देशन गरेको थियो ।
सो अनुसार केन्द्रीय सदस्य भक्तराज देवकोटाले ७ घण्टाको कच्ची सडक पार गरेर डोटी जिल्लाको सुन्दर मनोरम दृश्य भएको सडक पुर्वाधारको अभाव भएको क्षेत्र बोगटान फूड्सिल गाउपालिकामा गएर त्यहाँको शैक्षिक अवस्थाको बारेमा प्रत्यक्ष अवलोकन गरि उक्त गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई र खत्याडी मा.विका आइ.एसि. एजि पढ्ने विद्यार्थीहरुलाई राखेर वर्तमान नेपालको संविधान अनुसार शिक्षामा समान पहुँच र निशुल्क गुणस्तरीय शिक्षाको बारेमा बुझेर पालिकालाई ज्ञापनपत्र दिनु भएको हो।
बोगटान फूड्सिल गाउपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले उक्त गाउँपालिकामा एउटा पनि निजि विद्यालय नभएको र यो ज्ञापन पत्र अनुसार निति तर्जुमा गरेर आगामी बजेटमा शिक्षा क्षेत्र मा बढि लगानी गर्ने र नेपाल विद्यार्थी संघले दिएको ज्ञापन पत्रबाट पनि थुप्रै कुरा समेट्ने विश्वास दिलाएका थिए। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भक्तराज देवकोटा सँग टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृप जंग थापा पनि सहभागी हुनु भएको थियो।



















Discussion about this post