शुभारम्भ अनलाइन टि.भी.

रोटरीको भोकेसनल सर्भिस अवार्ड भट्टराई र अछामीलाई

13
SHARES
90
VIEWS

गोपाल जंग थापा

वैशाख ४ ललितपुर । रोटरी क्लब अफ पाटनले वर्ष २०२३÷२४ को भोकेसनल सर्भिस अवार्ड प्रकृति भट्टराई र मिन बहादुर अछामीलाई प्रदान गरेको छ । सोमबार ललितपुरमा एक विशेष कार्यक्रमको आयोजना गरी अपांगता क्षेत्रबाट भट्टराई र शिक्षा क्षेत्रबाट अछामीलाई नगद पच्चीस पच्चीस हजार रुपैया सहित पुरस्कृत गरिएको हो ।

ललितपुर महानगरपालिकाको महिला विकास शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत प्रकृति भट्टराई अपांगता भएका व्यक्तिहरुको हक हितका लागि विगत लामो समय देखि सक्रिय छिन । उनले अपांगता भएका व्यक्तिहरुलाई रोजगारीमा विभिन्न कठिनाईको सामना गर्नु पर्ने बाध्यता रहेको अनुभव सुनाइन । खेर गइरहेका पुनः प्रयोग गर्न मिल्ने सामानहरुबाट आय आर्जन गर्न सकिने किसिमका सामग्री बनाउनेतर्फ अपांगता भएका व्यक्तिहरुलाई जोड्ने भावी योजना रहेको भट्टराईले सुनाइन् । उनले आफूले प्राप्त गरेको पुरस्कारले भविष्यमा अपांगताहरुको लागि सशक्त ढंगले काम गर्ने हौसला मिलेको प्रतिक्रिया दिइन् ।

त्यसैगरी शिक्षा क्षेत्रबाट पुरस्कृत ललितपुरको महालक्ष्मी नगरपालिमा अवस्थित सिद्धिमङ्गल माध्यामिक विद्यालयका प्रधानाध्यापक मिनबहादुर अछामी विगत ३० वर्ष देखि शिक्षा क्षेत्रमा सक्रिय छन । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन । गोरखामा जन्मिएका अछामीले आफूले प्राप्त गरेको पुरस्कारले शिक्षा क्षेत्रको समग्र वृति विकासमा अझै जाँगर थपिएको उल्लेख गरे ।

सो अवसरमा बोल्दै कार्यक्रमा प्रमुख अतिथी असिस्टेन्ट गर्भनर टिकानिधि लोहनीले रोटरीले विभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक सेवाको भावना भएकाहरुलाई एक ठाउँमा जोड्ने काम गरेको बताए । कुनै दुई वटा विधामा उत्कृष्ट योगदान पुर्याए बापत हरेक वर्ष २ जनालाई भोेकेसनल अवार्ड प्रदान गर्दै आएको रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र रावलले जानकारी दिए । यस वर्ष प्रदान गरिएको १३ औ पुरस्कार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित