शुभारम्भ अनलाइन टि.भी.

टीकापुर नगरपालिकामा विद्यार्थी भर्ना कार्यक्रम सुरु

9
SHARES
64
VIEWS

बैशाख,०२ टीकापुर । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा टीकापुरको आयोजनामा सबै बालबालिका विद्यालय सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको  सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ विद्यार्थी भर्ना कार्यक्रम आइतबारदेखि सुरु गरेको छ ।

टीकापुर कन्या आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभा नगार्जीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नगरपालिका भित्र हरेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक शान्ति नेपालीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा शाखा अधिकृत नरेश अवस्थी, टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बिक लुहार, शिक्षा समिति सदस्य धर्मराज शर्मा , बुद्धिराम चौधरी र सुरत बहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

शिक्षा समिति सदस्य रघुराज उपाध्यायले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित