शुभारम्भ अनलाइन टि.भी.

तागा ग्रहण तथा नव वर्षको शुभकामना आदानप्रदान

4
SHARES
32
VIEWS

बैशख ०२ टीकापुर । टीकापुर स्थित कर्णाली सेवा समाजको आयाेजनामा तागा ग्रहण तथा नववर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

हरेक वर्षको दुईपटक कार्तिक ६ गते र वैशाख १ गते कर्णाली बासीहरूले मनाइने तागा पर्व शनिबार  टीकापुर स्थित कर्णाली सेवा समाजकाे आफ्नै भवनमा  एक कार्यक्रमका बीच तागा पर्व मनाएको हाे ।

सेवा समाजले  परम्परागत रूपमा मनाउँदै आइरहेको तागा यस वर्ष पनि  नयाँ वर्षको अवसर पारेर विभिन्न ठाउँमा छरियर रहेका कर्णाली वासीहरुलाई जम्मा गरेर उक्त पर्व मनाएको हो ।

सेवा समाजका अध्यक्ष मदन रोकाएको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य ललिता सुनार प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि सुनारले याे पर्व पवित्र पर्व भएकाले र यसको  जगेर्ना गर्नमा महिलाहरूको त्याग  रहेकोले  कर्णाली वासी महिला हरुकाे प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कर्णालीको एक छुट्टै पहिचान बोकेको तागा पर्वले कर्णालीबासीहरूलाई एक ठाउँमा ल्याएर भाइचरा र सद्भावको भावना बढाउने काम गरेको बताउँदै नेकपा एमालेकी केन्द्रीय सदस्य इन्दिरा सञ्जालले कर्णाली बासी एक ठाउँमा उभिएर यस्ता खाले  हरेक ऐतिहासिक कामहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नव वर्षको शुभकामना तथा तागा ग्रहणको अवसरमा बोल्दै टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बि क लुवारले कर्णाली बासीहरूका लोभ हुन लागेका मागल झोडा झिप्टा खेल  जस्ता ऐतिहासिक संस्कृति झल्काउने कामहरूलाई बढवा दिनुपर्नेमा जोड दिनुभयो ।

टीकापुर नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष गंगाराम आचार्यले  सिजाका खस राजाले तागाको रिद बसाएको स्मरण गर्दै यसको निरन्तरतामा आफूहरू लागिरहेको समेत बताउनुभयो।

सेवा समाजका सल्लाहकार समितिका संयोजक दयाराम सन्ज्याले कर्णालीका विभिन्न पाँचवटा जिल्लाका पौराणिक तथा ऐतिहासिक  पुराना भाँडाकुँडा र पौराणिक पहिरनहरूलाई जोगाउनका लागि संग्रहालय निर्माण गर्न प्रदेश सरकार समक्ष आग्रह समेत गर्नुभयो। कार्यक्रममा बोल्दै संयोजक सञ्जालले उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य ललिता सुनारलाई  सङ्ग्रहालय सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध मिलाइदिन पनि आग्रह गर्नुभयाे।

सेवा समाजका उपाध्यक्ष  दीपक बोगटीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा समाजसेवी पूर्ण खड्का दिव्यश्वरी शाही देवीदास सन्जेल लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो।

विभिन्न सांस्कृतिक तथा रचना प्रस्तुत भएकाे उक्त कार्यक्रमको सञ्चालन सेवा समाजका सचिव वीरेन्द्र खड्काले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित