शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा विपद् तथा जलवायु सम्बन्धि पत्रकारसँग छलफल सम्पन्न

7
SHARES
51
VIEWS

यज्ञराज उपाध्याय ।

टीकापुर, चैत्र २२ । टीकापुर नगरपालिकाले विपद् तथा जलवायु परिवर्तन सम्बन्धि पत्रकारसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम  गरेको छ । नगरपालिकाको स्थानीय आपतकालीन कार्य संचालन केन्द्रको आयोजनामा भएको टीकापुर स्थित पत्रकारसँग विपद् तथा जलवायु परिवर्तन सम्बन्धि मिथ्या तथा भ्रामक सुचना र विपदको समयमा पत्रकारको भुमिका सम्बन्धी एकदिने छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो।

वन वातावरण तथा विपद् व्यवस्थापन समिति सदस्य लवरि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विपद्को समयमा पत्रकारले के कस्ता सुचना प्रवाह गर्ने र जनतामा भ्रामक सन्देश प्रवाहलाई रोक्न कस्तो भुमिका निर्वाह गर्नुपर्ने भन्ने विषयमा छलफल गरिएको हो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालिका सहायक तथा स्ट्रोङ परियोजनाका तपेन्द्र तिमिल्सिनाले प्रस्तुति राख्नु भएकाे थियाे ।  पालिकालमा विपद् व्यवस्थापन सम्बन्धि कानुनी व्यवस्था गरेको जानकारी दिदै पत्रकारहरुसँग विभिन्न सुचना, तथ्यांक हुने भएकाले श्रोत व्यक्तिको रुपमा सहयोग गर्न पनि आग्रह गर्नुभयाे।

विपद् भन्नाले बाढी मात्र नभएर हावाहुरी, चट्याङ, शितलहर, सडक दुर्घटना, जंगली जनावरको आतंक इत्यादी भएकाले विपद्सम्बन्धि पत्रकारले सुचना प्रवाह गर्दा सत्यतथ्य बुझेर गर्नुपर्ने तिमिल्सिनाले आग्रह गर्नुभयाे।

विपद् तथा जलवायु परिवर्तनसम्बन्धि पत्रकारद्वय परमानन्द पाण्डे र इश्वर साउँदले सहजीकरण  गर्नुभयाे। । टीकापुरमा कार्यरत पत्रकारहरु सहभागी उक्त कार्यक्रमको सञ्चालन नगरपालिकाका विपद् व्यवस्थापन उपशाखा प्रमुख निर्मला चौधरीले गर्नुभएकाे  थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित