शुभारम्भ अनलाइन टि.भी.

पौडेल वंश महासङ्घकाे सुदूरपश्चिम प्रदेश अधिवेशन कैलालिमा

5
SHARES
37
VIEWS

चैत्र, १७ टीकापुर । पौडेल थर साझा घर भन्ने मूल नाराका साथ पौडेल वंश महासङ्घकाे सुदूरपश्चिम प्रदेश दोस्रो अधिवेशन शनिबार कैलालीको मसुरियामा सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश कमिटी संयोजक कृष्ण भक्त पौडेलको सभा अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पौडेल वंशका राष्ट्रिय अध्यक्ष हरिराम पौडेल रहनुभएको थियो।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट भेला भएका  पौडेल बन्धुहरूको भेलाले पौडेल वंशका ७ जना जेष्ठ नागरिकहरूलाई सम्मान समेत गरेको छ।

त्यस्तै साे भेलाले १२ सदस्यसिय  नयाँ  प्रदेश समिति पनि चयन गरेको छ।  अध्यक्षमा वीर बहादुर पौडेल, उपाध्यक्षमा पदम पौडेल, सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा धर्मराज पौडेल, सदस्यमा कृपाराम पाैडेल अछाम, निरञ्जन पौडेल कञ्चनपुर, डगनसिंह पौडेल डडेलधुराबाट त्यस्तै कैलालीबाट जमुना पौडेल र  हिमा पौडेल लगायतकाे समिति गठन भएको हाे।

केन्द्रीय सदस्य ‍ब्रह्मदेव पौडेलले स्वागत गर्नुभएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दुर्गा प्रसाद पौडेल केन्द्रीय सहसचिव एन प्रसाद पौडेल केन्द्रीय सदस्य कृष्ण पौडेल र प्रेम पौडेल लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।त्यस्तै उक्त कार्यक्रमकाे सञ्चालन प्रदेश सचिव शिवप्रसाद पौडेलले  गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित