शुभारम्भ अनलाइन टि.भी.

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

4
SHARES
31
VIEWS

यज्ञराज उपाध्याय

चैत्र,१४ टीकापुर । टीकापुर नगरपालिकाले विश्व क्षयरोग दिवस २०२४ मनाएको छ । नगरपालिकाकाे सभा हलमामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विश्व क्षयरोग दिवस २०२४ मनाइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बल बहादुर रावलले क्षयरोग विषयक प्रस्तुति दिनुभयकाे थियाे। उहाँले क्षयरोगको बारेमा बताउदै नेपालमा बर्सेनि यो रोगबाट १७ हजार नागरिकले ज्यान गुमाउने गरेको बताउनु भयाे । त्यस्तै नेपालममा बर्सेनि अनुमानित ६९ हजार  क्षयरोगका बिरामी भेटिने गरेकोमा ३८ हजार मात्र राष्ट्रिय क्षयरोगको कार्यक्रममा आउने गरेको संयोजक रावलले जानकारी दिनु भयाे।

शाखा प्रमुख रावलले प्रस्तुत गरेको तथ्यांक अनुसार विश्वकाे सबैभन्दा धेरै भारतमा  अर्थात २८ प्रतिशत क्षयरोगका बिरामी रहेका छन् । तर नेपाल भने टप १० भित्र नरहेको तथ्यांकमा उल्लेख छ । उता नेपाल सरकारले २०३५ सम्म क्षयरोगबाट हुने मृत्युदर ९५ प्रतिशतले घटाउने र नयाँ बिरामीहरुको दर ९० प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।

शाखा प्रमुख रावलले टीकापुरमा वार्षिक दुई सय २१ जना बिरामी भेटिनुपर्नेमा नभेटिएको तर अहिले नागरिक सचेत हुँदै गएपछि बिरामी बढ्नु सकारात्मक भएको बताउनु भयाे । उहाँले लक्ष्य अनुसारका बिरामी भेटिए क्षयरोग उन्मुलन गर्न सहज हुने पनि दाबी गर्नुभयाे।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरी र उपस्थित वडा नं. १ का अध्यक्ष मोहन लुहारले क्षयरोग निवारण अभियानमा सदैव साथ दिने भन्दै बजेट लगायत विषयमा सहयोग गर्ने र कार्यपालिकामा छलफल अघि बढाउने प्रतिबद्धता गर्नुभयाे ।

नगरपालिकाको स्वास्थ्य प्रवर्द्धन उपशाखाका वरिष्ठ अधिकृत कमल बहादुर रावलले सञ्चालन गरेको अन्तरक्रियामा जनस्वास्थ्य निरीक्षक धर्म सिंह बटालाले स्वागत गररनु भएकाे थियाे । कार्यक्रममा नगरपालिकाका शाखा प्रमुखहरु, महिला स्वयंसेविका, क्षयरोग स्वयंसेवक, क्षयरोगका बिरामीहरु  सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो ।

सोही अन्तरक्रिया कार्यक्रमको अवसरमा चारजनालाई सम्मानसमेत गरिएको हो । एकतानगर शिविरमा कार्यरत उत्कृष्ट महिला स्वयं सेविकाको रुपमा सुशीला विक लुहार, १० जना क्षयरोग स्वयंसेवक मध्ये उत्कृष्ट वडा नं. ९ मा कार्यरत मिना चौधरी, १० जना फोकल पर्सनमध्ये टीकापुर अस्पतालमा कार्यरत तनोज कुमार पोखरेल र सत्ती शहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य कर्मि गोविन्द कठायतलाई सम्मान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित