चैत्र,०७ टीकापुर । टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको मागलाई मध्यनजर गर्ने उद्देश्यका खातिर टीकापुर बहुमुखी क्याम्पसले लोकसेवा, बैंकिङ सेवा, शिक्षा सेवा, आयोग तथा अंग्रेजी भाषाका कक्षाहरू निःशुल्क गर्ने भएको छ ।
टीकापुर बहुमुखी क्याम्पसको स्नातक र स्नातकोत्तरमा नयाँ आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै स्ववियु सभापति निर्पजङ थापाले सो कुरा बताउनुभएको हो।
त्यस्तै विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै र विद्यार्थीहरुलाई नेपालमै बस्ने वातावरण बनाइ राख्नका लागि भएपनि लोकसेवा शिक्षा सेवा बैंकिङ सेवा एवं अंग्रेजी भाषाका कक्षाहरु निःशुल्क प्रदान गर्दा सुनमा सुगन्ध हुने बताउदै याे विषयमा क्याम्पस तयार रहेको क्याम्पस प्रमुख ढविन्द्र रावलले बताउनुभयो ।
स्ववियु सभापति निर्पजङ थापाको सभा अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि विज्ञान क्याम्पसका डीन डाक्टर विष्णु विलास अधिकारी रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिको रुपमा क्याम्पस प्रमुख ढविन्द्र रावल र स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशिल न्यौपाने रहनुभएको थियो ।
स्ववियु सचिव किरण साउँदले सञ्चालन गर्नुभएको उक्त स्वागत कार्यक्रममा मानविकी संकाय प्रमुख कृष्ण प्रसाद जैसी, टिकापुर बहुमुखी क्याम्पसका प्रध्यापक संघका उपसभापति उमाकान्त भण्डारी, कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष धुर्व रावल, नेविसंघ केन्द्रीय सदस्य भक्तराज देवकोटा, टिकापुर बहुमुखी क्याम्पसका इकाई कमिटी उप सभापति रमेश कुमार थारु, अनेरा स्ववियुका यमराज साउँद लगायतले मन्तव्य राख्नुभएको थियो ।



















Discussion about this post