शुभारम्भ अनलाइन टि.भी.

जलेर घाइते कालिकोटकी बालिकाको उपचारका क्रममा मृत्यु

7
SHARES
47
VIEWS

चैत्र १ , सुर्खेत कालिकोट जिल्लामा आगोमा जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्रका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएकी थिइन् ।

घाइते हेमन्तीको आइतबार दिउँसो १ : ४० बजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्घिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको डाक्टर पौडेलले जानकारी दिए ।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि निभाउन लाग्दा जलेर घाइते भएका थिए ।

घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लगेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित