टीकापुर–फाल्गुन २९ । त्रिपत विद्या निकेतरको १४औं वार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार धुमधामले सम्पन्न भएको छ।
विद्यालय सञ्चालक समिति अध्यक्ष एवं कुशल व्यापारी मनिष बलायरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य डिल्लीराम बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि बोहोराले प्याप्सनबाट सञ्चालित विद्यालयहरूमध्ये छोटो समयमै राम्रो सफलता हासिल गर्न सफल त्रिपत विद्यालय रहेको बताउनुभएको छ। उहाँले टीकापुर नगरपालिकामा आफैमा शैक्षिक नगरीको हब रहेको बताउँदै टीकापुरलाइ पूर्ण रुपमा शैक्षिक नगरी बनाउन अझै मेहनत गर्न जरुरी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा टीकापुर अस्पतालका अध्यक्ष झपड सोडारीले विद्यालयको १४औं वार्षिक उत्सव भएतापनि विद्यालय सफल तरिकाले सञ्चालनमा गरेको दुई वर्ष मात्रै भएको बताउँदै शिक्षा क्षेत्रमा निरन्तर मेहनत गरेर शिक्षा प्रणालीको अवस्था सुधार गर्नुपर्नेमा निजी विद्यालयको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।
वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट अभिभावक र शिक्षक तथा कर्मचारीहरू लाई पनि सम्मान गरिएको थियो।
उक्त वार्षिक उत्सव कार्यक्रममा सहभागी अभिभावक तथा अतिथि वर्गहरूलाई विभिन्न सस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो।
सो कार्यक्रमको अवसर पारेर विद्यालयमा शैक्षिक सत्र २०७९ सालको परीक्षामा कक्षागत प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने त्यसै गरेर खेलकुद तथा अतिरिक्त क्रियाकलापमा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई पनि पुरस्कारसहित सम्मान गरिएको थियो।
उक्त वार्षिक उत्सव कार्यक्रममा विरेन्द्र विद्यामन्दिर क्याम्पसका क्याम्पस प्रमुख हर्क बहादुर भण्डारी, टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल, सुदूरपश्चिम प्याब्सन प्रदेश उपाध्यक्ष डम्बर सोडारी, नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाई न्युलाइट एजुकेसन होमका प्रिन्सिपल जय कृष्ण तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
शिक्षिका विनीता साउदले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यार्थी कावेरी साउदले गर्नुभएको थियो।



















Discussion about this post