फाल्गुन २४ टीकापुर । टीकापुर नगरपालिकाकाे मेयर संग युवा खेलकुद कार्यक्रम अन्तर्गत टीकापुर युवा क्लबको आयोजना र नयाँ बिहानी पुनर्स्थापना केन्द्रको सह आयोजकमा यही फागुन १९ गतेदेखि २४ गतेसम्म जारी तेस्रो ज्ञानेन्द्र पुरुष भलिबल प्रतियोगितामा जगत जनरल स्टोर अछाम प्रथम भएको छ ।
त्यस्तै दृतीय स्थानमा केदार टुर एण्ड ट्रार्वल्सले आफ्नो स्थान सुरक्षित गरेको छ भने तृतीय स्थान कञ्चन खाद्य उद्योग टीकापुरले हासिल गरेको छ। प्रथम द्वितीय र तृतीय हुने टीमलाई कर्मश रु १ लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार रहेको छ।
नयाँ पुनर्स्थापना केन्द्रका अध्यक्ष कल्पेश कुँवरको सभाध्यक्षतामा सुरु भएको उक्त खेलको समापन समारोहमा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगाैंरा थारु रहनुभएको थियो। त्यस्तै टीकापुर उद्याेग वाणिज्य संघका महासचिव नवराज रिमाल विशिष्ट अतिथि रहनुभएको थियो।
टीकापुरको खुल्ला मैदानमा फाल्गुन १९ गतेदेखि २४ गतेसम्म सञ्चालन रहेको उक्त खेलमा ९ वटा छुट्टाछुट्टै टिमले भाग लिएका थिए।
उक्त समापन कार्यक्रमको सञ्चालन टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति निर्पजङ थापाले गर्नुभएको थियो।



















Discussion about this post