शुभारम्भ अनलाइन टि.भी.

चितवन घटनामा बालिकाको झुण्डिएर मृत्यु भएको पोस्टमर्टम रिपोर्ट

7
SHARES
53
VIEWS

फल्गुन–२० टीकापुर ।चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ। रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन्।

शासकीय तथा कठोर स्वभावले बाेल्ने विद्यालय होस्टेलका शिक्षक प्रिन्सिपल एवं वार्डनहरूले गम्भीर भएर सोच्ने बेला आएको छ।

आफ्नो हातमा शासन छ भन्दैमा कठोर र रुखो शब्दले बोल्ने केहि शिक्षक विद्यार्थीहरूका लागि काँहि भयानक घतक त बन्दै छैनन एकपटक सोच्ने बेला पनि आएको छ।

त्यस्तै भएको छ चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा १४ वर्षीय शालिन पोखरेल मृत भेटिएपछि अहिले त्यो विषय  निकै नै पेचिलो बनेको छ।

बालिका पोखरेलको मृत्युकाे कारण साे होस्टेल वार्डनको टर्चर हो कि भन्ने प्रश्न उठिरहेको छ । हुन त प्रहरीले अनुसन्धान गरिरहेको विषयमा धेरै बोल्नु त उपयुक्त हुँदैन तैपनि पत्रकारिताको धर्म हामीले निमाउनै पर्छ। घटना किन भयो कसरी भयो र केका लागि भयो भन्ने विषय त्अरत्हिरले यत्रतर्त सर्पत्त चर्चाको विषय बनेको छ।

मृतक बालिका आफन्तले लगाएको आरोपका आधारमा यदि घटना सत्यनै हो भने यस्ता शिक्षकलाइ गुरु होइनन् राक्षसको संज्ञा दिन कुनै आइतबार कुर्नु पर्दैन ।

यदि यस्तो भन्दै गर्दा  दिनरात मेहनत गरेर शिक्षण पेशामा लागेका शिक्षा प्रेमी गुरुहरुलाई दुःख लाग्न सक्छ। तर यस्ता शिक्षकलाई भनिएको होकि जो स्कुल र होस्टेलको नाउँमा पैसा कमाउ धन्दा गरेर मर्यादित र शानदार शिक्षण पेशालाई नै बदनाम गर्नेहरूलाई भनिएको हो ।

एक होस्टेलमा कसरी बालिका मृत भेटिन सक्छन् अर्थात् १४ वर्षीय बालिकाले आत्महत्या गर्छन् यदि गरेको हुन् भने पनि बिहान उनको लुगा र कपडा पानीमा किन चोपलिन्छ भन्ने प्रश्न उठाउँदै सामाजिक सञ्जालमा विभिन्न सामाजिक अभियन्ताहरु पनि तातिरहेका छन् ।

मृतक बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उक्त स्कुलका प्रधानाध्यापक  बलहरी देवकोटा  सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमला शर्मालाई मङ्गलबार पक्राउ गरेको छ ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला पारेको थियो। उक्त नोटमा आफूले बाँच्न नचाहेको भन्ने विवरण उल्लेख गरिएको समाचार स्रोतले जानकारी दिएको छ।  उक्त नोट अहिले थप परीक्षणका लागि  प्रहरीमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित