शुभारम्भ अनलाइन टि.भी.

आदर्श एकेडेमीको १६ औँ वार्षिक उत्सव

6
SHARES
41
VIEWS

टीकापुर–१० फाल्गुन । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित आदर्श एकेडेमीको १६ औँ वार्षिक उत्सव भव्य रुपमा बिहिबार सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवीराम कोइरालाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले आदर्श एकेडेमी जानकी गाउँपालिकाको सम्पत्तिकै रुपमा लिएको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै टीकापुर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज रिमालले आदर्श एकेडेमीकाे हिजोको विगतलाई सम्झिँदै आजको आदर्श एकेडेमीको प्रगतिलाई हेर्ने हो भने सबैभन्दा ठूलो फड्को मारिसकेको समेत बताउनुभयो अझ आगामी दिनहरुमा अझै राम्रो काम गर्न सुझाव समेत दिनुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी तथा सो विद्यालयका सञ्चालक समिति सदस्य टेकराज रेग्मीले जानकी गाउँपालिका वडा नम्बर ३ बाट सुन्दर समाज बनाउनका लागि आदर्श एकेडेमी को महत्वपूर्ण भूमिका रहेको बताउँदै यसले समाज रुपान्तरणमा एक इट्टा थप्ने कामको सुरुवात गरेको बताउनुभयो ।
उक्त विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक समिति सदस्य सचिव हेमन्त प्रसाद जोशीले आदर्श एकेडेमी आम मानिसको नजरमा आठ क्लाससम्म मात्रै सञ्चालन भएको भन्ने भएकाले यसो नभई कक्षा १० सम्म सञ्चालन रहेको समेत जानकारी दिनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल बहादुर कठरिया र विद्यार्थी अनुष्का बुढाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी, गौरीशंकर आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक चौधरी, भृकुटी  माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्पराज भण्डारी, गायक रमेश मिसन र हाँस्य कलाकार दिनेश कठायत लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

विद्यालयले आफ्नो १६औँ वार्षिक उत्सवको अवसरमा शैक्षिक सत्र २०७९ सालमा उत्कृष्ट शिक्षक पवन रावल, उत्कृष्ट अनुशासित विद्यार्थी प्रमिला चौधरी र सुवास चौधरी, बेस्ट युनिफर्म तर्फ जेनी शाहि र  तुषार कठरिया त्यस्तै बेस्ट उपस्थितिमा प्रेम बिक लगायतका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियाे ।
सो विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरी धुमधामले मनाइएको उक्त वार्षिक उत्सव कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक टिकाराम चौधरी र कल्पना भण्डारीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित